महानगरपालिकालाई सुझाव

काठमाडौंबाट गरिबी लखेट्ने हो, गरिब होइन : ओली

केन्द्रभाग मिडिया

file Photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबलाई नलखेट्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन् । महानगरबाट गरिब नभई गरिबी लखेट्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई विना व्यवस्थापन हटाइएपछि विरोध भइरहेका बेला ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लेखेट्नुपर्छ, गरिब होइन ।’

उनले फुटपाथ व्यवसायीको पक्षमा आन्दोलनरत् अभियन्ता ईः र महानगरका मेयररउपमेयरलाई लक्षित गर्दै ओलीले युवा भएकाले समाधानको उपाय निकाल्न भनेका छन् ।

फुटपाथको व्यापार काठमाडौंको इतिहास र पम्परागत नेवारी संस्कृतिको अंश भएको भन्दै ओलीले एक्कासी परिवर्तन गर्न खोज्दा खलबली हुनु स्वाभाविक भनेका छन् ।

  • ९ आश्विन २०८०, मंगलवार १४:१४ प्रकाशित