पोखरा ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनले २१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
क्लबले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरि पाँचौं बर्षमा प्रवेश गरेको अवसरमा पोखरा २३ ठुलाखेत स्थित श्री शिद्ध बराह आधारभुत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।विद्यार्थीलाई स्टेसनरी , स्कूल व्याग तथा ड्रेस वितरण गरेको हो ।
डिस्ट्रिकका प्रथम भाइस डिस्ट्रिक गभर्नर लायन बिनोद ढुङ्गानाको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री हस्तान्तरण भएको क्लबका संस्थापक अध्यक्ष लायन कृष्ण श्रेष्ठ (रोजि)ले जानकारी दिइन् । क्लबले स्थापना दिवसको अवसरमा थप तीन जना नयाँ सदस्यलाई क्लबमा भित्राएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ (रोजि)लाई क्लबका तर्फबाट बिशेष सम्मान गरिएको थियो भने क्लबमा उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष एन्शोभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरू हरिराज पन्त, सूर्यनारायण बराल, शान्ता थापा, ऋषि गिरी लगाएतको उपस्थिति रहेको थियो ।
सन २०१९ मा स्थापना भएको क्लबमा संस्थापक अध्यक्ष रोजी सहित बर्तमान जोनचेयरपर्सन आरती अधिकारी, सुकमाया गुरूङ र गंगा शर्मा केसी अध्यक्ष भई क्लबको नेतृत्व लिइसकेका छन् ।
क्लबका सचिव मनरुपा थापाको संचालनमा रहेको उक्त कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरूको लगाएतको उपस्थिति रहेको थियो ।
महिला मात्रको क्लब बाराही टाउनले दुई दिन अघि मात्र धादिङ जिल्लाको निलकण्ठ गाउँपालिका–२ स्थितसिम्लेका शारीरिक अपाङगता भएका तीन जनालाई नगद, लत्ताकपड़ा सहित खाध्यान्न वितरण गरेको थियो ।















