तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाका अनुसार हाल हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • ९ आश्विन २०८०, मंगलवार ०६:३१ प्रकाशित