पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना : ३१ जना घाइते

केन्द्रभाग मिडिया

पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनको खुरखुरेमा दुर्घटनामा परेको छ ।

पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन् ।चितवनको खुरखुरेमा आज दिउँसो साढे १ बजेतिर दुई बस एक आपसमा ठक्कर खाँदा ३१ जना घाइते भएका हुन्।

दुर्घटनामा दुवै बसका चालकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।

  • ८ आश्विन २०८०, सोमबार १६:३० प्रकाशित