आन्दोलित शिक्षकहरु सडकमै सुते

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आन्दोलित राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकहरु सोमबार बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । यसअघि शिक्षकका अधिकारीहरु र सरकारबीच हिजो भएको छलफल सकारात्मक भएको बताइएको थियो । शिक्षकहरुलाई विद्यालयमा फर्केर पठनपाठनका लागि अपिल समेत गरिएको थियो ।

  • ८ आश्विन २०८०, सोमबार १३:२३ प्रकाशित