१९ औं एसियाड : महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

केन्द्रभाग मिडिया

हान्झाउ ।

चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।

महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो ।

नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

  • ८ आश्विन २०८०, सोमबार १३:०८ प्रकाशित