म्याग्दीमा पहिरोमा पुरिएर ५० वर्षीय कृष्णबहादुरको निधन

केन्द्रभाग मिडिया

बागलुङ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको निधन भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै निधन भएको हो ।

मालिका गाउँपालिका –२, बेलीका बिक कोठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको मालिका गाउँपालिका २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । उनले भने, “पहिरोमा परेको थाहा पाए पछि डोजर लगाएर खोजी गर्दा मृत अवस्थामा विकको शव भेटिएको थियो ।”

  • ८ आश्विन २०८०, सोमबार ११:५८ प्रकाशित