एकरातको वर्षाले धनगढी जलमग्न

केन्द्रभाग मिडिया

कैलाली ।

एकैरातको पानीले धनगढी जलमग्न भएको छ ।

गएरातिको भारी वर्षात्‌ले धनगढीको सेती प्रादेशिक अस्पताल, पार्क मोडलगायतका क्षेत्रमा पानी जमेको छ । पसलहरूमा पानी पसेको छ भने आवतजावतमा समस्या भएको छ ।

सेती प्रादेशिक अस्पतालको भुइँतलामा रहेका बिरामीहरू प्रभावित भएका छन् । धनगढीमा सडक निर्माण कार्य जारी रहेको साथै पानीको सहज निकास नहुँदा एकै रातको पानीले धनगढीको मुख्य क्षेत्र जलमग्न भएको हो ।

  • ८ आश्विन २०८०, सोमबार ०९:५० प्रकाशित