रुपन्देही ।
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एकजना घाइते छन् ।
रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरीको अनुसार मृतकको सनाखत हुन बाँकी छ ।दुर्घटनामा परी दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।














