काहुँखोलामा ट्याक्टर दुर्घटना : सह चालक सुजनको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ जाँदै ट्याक्टर दुर्घटना हुदाँ सहचालक सुजन नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

६०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुदाँ तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजन गम्भिर घाईते भएका थिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।
ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक सोमबहादर विकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

  • ७ आश्विन २०८०, आईतवार १५:१४ प्रकाशित