पोखरा ।
पत्रकार कमल पौडेल ‘अथक’ राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोद्वारा सम्मानित भएका छन् । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिवार पोखरामा आयोजित एक समारोहका बीच संस्थाले अथकलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको हो ।
विगत दुई दशक भन्दा बढी पोखरामा रहेर सञ्चारकर्म मार्फत आम नागरिकलाई सुसूचित गराउन विशिष्ट योगदान पुर्याएको भन्दै पत्रकार अथकलाई सम्मान गरिएको संस्थाका अध्यक्ष विश्वप्रकाश प्रसाइँले जानकारी दिए ।
यसरी सम्मानित हुने अथक रेडियो सराङकोटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधानसम्पादक हुन् । यसैगरी संस्थाले लोकगायिका सरस्वती लामिछाने र पर्वतका पर्यटन व्यवसायी शिव शर्मालाई पनि सम्मान गरेको छ । साथै संस्थाले देशका विभिन्न जिल्लाका १४ जना क्यान्सर प्रभावितलाई जनही ७ हजार सहयोग समेत गरेको छ ।














