प्रमुख आचार्य भन्छन्– नयाँ मापदण्ड तोकेर फिर्केको प्रतिवेदन कार्यान्यन गर्छौं

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नयाँ मापदण्ड तोकेर फिर्केखोला नापजाँच समितिको प्रतिवदेन कार्यान्वयन गरिने बताएका छन् ।

शनिबार फिर्केखोलाको खोलाघर नापजाँच समितिको प्रीतवेदन बुझ्दै आचार्यले यस्तो बताएका हुन् । नापजाँच समितिका संयोजक वासुदेव पौडेलले महानगर प्रमुख आचार्यलाइ ‘फिर्केखोला खोलाघर प्रतिवेदन २०८०’ बुझाएका थिए । फिर्केखोलाको संरक्षणलाई महानगरले महत्व दिएको आचार्यले बताए ।

पतिवेदन बुझदै प्रमुख आचार्यले भने, भोली हामीले के गर्नुपर्छ त्यसका लागि तयारै छौँ , धेरै पटक नाप्नु भयो तर केही भएन भन्ने पनि गुनासो छ त्यसलाई पनि हामी सम्बोधन गर्नेछौँ ।

प्रमुख आचार्यले कार्यपालिका बैठकले छिट्टै फिर्केको नयाँ मापदण्ड तोक्ने पनि बताए । त्यस पछि अगाडी कसरी बढ्ने भन्ने निर्णय गर्नेछौँ ।

स्थानीय प्रशासन, सम्बद्ध निकायहरुसंग छलफल गरेर यसलार्य कसरी कुन विधिबाट फेर्केको खोलाघरलाई खाली गर्ने अभियान अगाडी बढाउने छौँ, आचार्यले भने ।

नापी कार्यालयको सहयोगमा ३२ दिन लगाएर पोल गाड्ने काम सकिएको थियो । समितिले नापजाचँ पछि एक महिला लगाएर प्रतिवेदन तयार पारेको थियो ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले मापदण्ड भित्र परेका संरचना महानगरेले भत्काउने बताइन् । पोखरालाई माया गर्ने पोखरेली जनाताले महानगरको कामलाई साथ दिने गुरुङले आशा व्यक्त गरिन् ।

फिर्केखोला खोलाघर नापजाँच समितिका संयोजक सर्वेक्षक बासुदेव पौडेलले पक्की र कच्ची गरी १६० वटा संरचनामा खोलाघरमा परेको जानकारी दिए । ती मध्य ९७ अस्थाइ र ३५ वटा पक्की संरचना रहेका छन् । पौडेलले २८ वटा संरचना संघसंस्थाको रहेको जानकारी दिए ।

  • ६ आश्विन २०८०, शनिबार १३:४० प्रकाशित