पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २/२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका पवनकुमार प्रजापतिले सम्मान गरेका हुन् ।
दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा रहेका मिश्र हाल प्रेस युनियनको सभापति छन् भने नेपाल खबर र ढोरबापाट दैनकमा कार्यरत छन् । मिश्र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश बाट यस अघि सम्मानित भएका थिए ।
उनी नेपाल पत्रकार महासंघ कास्की द्वारा सञ्चालित स्वर्गीय गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र सुशासनका लागि नागरिक समाज (सुनास) ले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट पुरस्किृत भइसकेका छन् ।














