शिक्षक आन्दोलन

पोखराका सामुदायीक विद्यालयमा पठनपाठन ठप्प (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायीक विद्यालयमा पठनपाठन बन्दछ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ पुगेका छन् । जसको कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

असोज ३ गते संविधान दिवसको दिन आन्दोलनमा उत्रेका शिक्षकहरुले आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन्। शिक्षकको आन्दोलनको कारण गण्डकी प्रदेश र प्रदेश राजधानी पोखरामा पनि विद्यालयमा पठनपाठन हुन सकेन । केही विद्यालय १० बजे पछि नियमित जस्तै खुले पनि विद्यार्थी भने आएनन् । शिक्षहरु विद्यालयको चौरमा गफमा मस्त देखिन्थे ।

भद्रकाली माविका प्रधानाध्यापक राजेन्द्र भण्डारी शिक्षहरुसंग चौरमा गफिदै थिए । के गर्ने कसो गर्ने छलफलकाबिच उपस्थित शिक्षकले विद्यालयका नियमित हाजीर नगर्ने तर, खाली कगजमा हाजिर गरेर घर फर्कने निर्कोल गरे । प्रधानाध्यापक भण्डारीले सरकारले विद्यालय खोल्ने वातावरण बनाईदिनुपर्ने बताए ।

निजी विद्यालयमा पढाई सुचारु भइरहदा कतिपय सामुदायीक विदालयमा भने ढोका समेत खुलेनन् । बालमन्दिर, कन्य मावि शिवशक्ती माविमा विद्यालयको गेट नै बन्द थियो ।

नबिन माविमा केही महिला शिक्षहरु गफ गरिहेका थिए । विद्यार्थी आउलान र अलपत्र पर्छ भन्ने चिन्ताले १० बजेबाटै विद्यलायको आएको ती शिक्षकहरुले बताए । शितलादेवी माविमा गेट खुल्ला थियो भने केही विद्यार्थी मैदानमा खेलिरहेका थिए ।

  • ४ आश्विन २०८०, बिहीबार १२:४२ प्रकाशित