पोखरा ।
राष्ट्रिय मावि पोखराको शिक्षक अभिभावक संघको अध्यक्षमा रमेश प्रसाद पौडेल चयन भएका छन् । बुधबार विद्यालयमा आयोजित अभिभावक भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
संघको सदस्यमा कमला श्रीष थापामगर, चन्द्रबहादुर खत्री, अनिल कौशल, एलीना तामाङ, विमला वराम चयन भएका छन् । शिक्षक प्रतिनिधिको तर्फबाट शिवराज पौडेल र कुल प्रसाद पौडेल चयन भएका छन् ।
समितिमा विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा पदेन सदस्य रहेका छन् ।रिक्त एक सदस्य शिक्षक अभिभावक संघको पहिलो बैठकले निर्णय गरेर मनोनय गर्ने विद्यालयले जनाएको छ ।
राष्ट्रिय माविको शिक्षक अभिभावक संघको अध्यक्ष चयन भएका पौडेल केन्द्रखबरका व्यवस्थापक हुन् भने पोखरामा रहेर विभिन्न सामाजिक अभियानमा सक्रिय छन् ।