देउवा–कोइराला टकराव

कोइरालाले देउवालाई भने, ‘म आफ्नै ढंगले अगाडि बढ्छु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर अब आफू आफ्नैढंगले चल्ने चेतावनी दिएका छन् । उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारलाईसंगै लगेर कोइरालाले सभापति देउवालाई यस्तो चेतावनी दिएका हुन् ।

सभापति देउवासँग पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराउँदै उनले यस्तो चेतावनी दिएका एक नेताले जानकारी दिए । ‘तपाईं विधानअनुसार चल्नुभएन । नेविसंघ र तरूण दल विधानविपरीत बनाइएको छ,’ कोइरालाले देउवासँग भनेका कुरा उद्धृत गर्दै ति नेताले भने, ‘सरकारमा जाँदा र मन्त्री पठाउँदा पनि जति समन्वय र छलफल हुनुपर्ने हो त्यति गर्नुभएन ।’

कोइरालाले आफूले पटक-पटक दिएका सुझाव र उठाएका प्रश्नलाई पनि बेवास्ता गर्ने गरिएको बताएका थिए । ‘आजबाट म तपाईंसँग कुरा गर्दिनँ,’ कोइरालाले देउवासँग भने, ‘जे गर्नुहुन्छ, गर्नुहोस् । म आफ्नो ढंगबाट अघि बढ्छु ।’

  • ३ आश्विन २०८०, बुधबार १३:०२ प्रकाशित