पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको त्याग र बलिदान बाट प्राप्त वर्तमान व्यवस्था र संविधान उल्ट्याउने प्रयासहरु गरिएका भन्दै यस विरुद्ध सचेत रहन सबैमा आग्रह गरेका छन् । प्रदेश सरकारले संविधान दिवशको सन्दरर्भमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गदैँ उनले यस्तो आग्रह गरेका हुन् ।
उनले प्रदेश सरकार स्थापना भएदेखि नै नागरिकले अनुभूत गर्नेगरी लोकतान्त्रिक विधि र पपद्यती अनुरुप साशकीय अभ्यास गरेको बताए । ‘जनताको त्याग र बलिदानबाट प्राप्त वर्तमान व्यवस्ता र संविधान उल्ट्याउने खालका प्रयास कहीँकतैबाट भइरहेका छन् । यस विरुद्ध हामी सचेत र सजग बन्न जरुरी छ’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले यस समयमा प्रदेशको प्रशासन, विकास र समृद्धिको खाका तयार गरिएको, संघीय साशन प्रणाली नयाँ भएपनि यस अबिधिमा भएका विधि निर्माणका लागि भएको बैधानिक व्यवस्था, मानव संसाधनको क्षेमता विकासले गण्डकी प्रदेश सरकार आम जनताका सामु देख्न सक्ने, छुन सक्ने र अनुभव गर्न सक्ने अवस्थामा आँफूलाई उभ्याएको धारणा राखे ।
प्रदेश सरकारले यसरी गरेका कार्यलाई साथ दिन र हातेमालो गर्न उनले सबै राजनीतिक दल, सामाजिक संघसंस्था र आम नागरिकमा आग्रह गरेका छन् । ‘विकास र समृद्धिको खाका तयार गरिएको, संघीय साशन प्रणाली नयाँ भएपनि यस अबिधिमा विधि निर्माणका लागि भएको बैधानिक व्यवस्था, मानव संसाधनको क्षेमता विकासले गण्डकी प्रदेश सरकार आम जनताका सामु देख्न सक्ने, छुन सक्ने र अनुभव गर्न सक्ने अवस्थामा आँफूलाई उभ्याएको छ । ’ उनले भने, ‘प्रदेश सरकार यि सबै कुरामा सबै दल, नागरिक समाज र आम जनसमुदायको हातेमालो गरेर अगाडि बढ्न चाहन्छ ।’
मुख्यमन्त्री पाण्डेले यस अबधीमा ६३ वटा कानून निर्माण भएका जानकारी दिए । प्रदेश निजामती सेवा ऐन २०७९, स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९, गण्डकी प्रदेश सेवा ऐन २०७९ जारी भएको र त्यसलाई व्यस्थित गर्न गण्डकी प्रदेश निजामति सेवा नियमावली २०७९ जारी गरिएको बताए । प्रदेशका लागि थप ४२ कानून बनाउन आवश्यक भएको पहिचान गरिनुका साथै तीन वटा कानून हाल प्रदेशसभा पेश भइसकेको बताए ।