संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग एमालेको सेल्फी कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् ।

कार्यक्रममा राष्ट्रिय झन्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ ।

  • ३ आश्विन २०८०, बुधबार ०९:५३ प्रकाशित