पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

यतीले सुरु गर्‍यो काठमाडौं – पोखरा रात्रिकालिन उडान

केन्द्रभाग मिडिया

pokhara airport

पोखरा ।

यती एयरलाइन्सले आजदेखि काठमाडौं–पोखरा रात्रिकालिन उडान सुरु गरेको छ ।

पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् ।

‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार हालको समय भन्दा पछाडि उडान संख्या थप हुँदै जानेछ ।’ आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

  • १ आश्विन २०८०, सोमबार १५:२१ प्रकाशित