पोखरा ।
नेपालको कन्फेक्सनरी कम्पनी सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ अभियान ल्याएको छ । ‘वान्ली चोकोफन’ नामक अभियानलाई कम्पनीले देशभर नै सञ्चालनमा ल्याएको हो ।
देशकै पहिलो र ओरिजिनल चकलेट वेफर दाबी गर्ने कम्पनीले हरेक बालबालिकाको लागि आफ्नो उत्पादन उत्कृष्ठ रहेको जनाएको छ ।
कम्पनीले अहिले बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुसी र आनन्द प्राप्त अुने संकेतको विज्ञापन अभियान सञ्चालनमा ल्याएको बताएको छ ।
यसले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्नुका साथै सम्पूर्ण बालबालिकाको जीवनमा चोकोफन अभिन्न अंगका रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कम्पनीको विश्वास छ ।