बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको हो ।

यससँगै अब पोखरा र काठमाडौं र दिपायलमा मा पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ पुगेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । सो अनुसार काठमाडौं, पोखरा र दिपालयलाई तस्रो वर्गमा विभाजन गरिएको छ । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ हुने निगमले जनाएको छ ।

त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ८० रुपैयाँ र दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

  • ३० भाद्र २०८०, शनिबार ०७:०७ प्रकाशित