सुन तस्करीको अनुसन्धान रोकिएको छैन, उच्चस्तरीय आयोग गठन प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

तस्बिर : प्रदीपराज वन्त

पोखरा ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणबारे सरकारले अनुसन्धान नरोकेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ३ साउनमा बरामद ६१ केजी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन सरकारी वकिलकहाँ बुझाइसकेको उनले जानकारी दिए ।

उनले सम्बोधनका क्रममा यसअघि दलहरुबीच भएको सहमति अनुसार उच्चस्तरी आयोग गठन प्रक्रिया पनि सुरू भइसकेको उल्लेख गरे । ‘अवैध सुन तस्करीबारे सीआईबीले अनुसन्धान गरी प्रतिवेदन बुझाइसकेको छ’, उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग गठनको काम पनि अघि बढेको छ।’

सीआईबीले बुधबार मात्रै सुन तस्करी प्रकरणमा २६ जनालाई मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाएको छ। यो प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले ३२ जनालाई पक्राउ गरेका थिए। त्यस्तै १८ जना फरार छन् ।

जसमध्ये २६ जनालाई मात्रै मुद्दा चलाउने रायसहित सीआईबीले अनुसन्धान प्रतिवेदन घटनाको ५७ औँ दिनमा सरकारी वकिलकहाँ बुझाएको हो ।

  • २९ भाद्र २०८०, शुक्रबार १४:३६ प्रकाशित