पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा प्रदान गर्ने बिषय पहिलो शर्तका रूपमा लिन कास्कीका रोजगारदाता कम्पनी र ब्यबसायिहरूलाइ आग्रह गरेका छन् ।
श्रम कार्यालय पोखराको आयोजनामा श्रमिक आपूर्तिकर्ता सम्बन्धि विद्यमान कानुन तथा नियमावली सम्बन्धि रोजगारदाता र सरोकारवालासंगको अन्तर्क्रीया कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सामाजिक सुरक्षाकोष मार्फत सरकारले शुरु गरेको श्रमिकको सुरक्षाको बिषयलाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० तोकेको छ ।
पौडेलले नेपाल सरकारले न्युनतम पारिश्रमिक तथा श्रम ऎन, २०७४ र नियमाबलि २०७५ बमोजिम पाउनुपर्ने सेवा सुबिधा प्रदान गर्ने बिषयमा गम्भीर बन्न रोजगारदातालाइ आग्रह गरे ।
कतिपय रोजगारदाताले पारिश्रमिक नदिएको श्रमिकलकाे गुनासो बढेको भन्दै सामाजिक सुरक्षा कोष , बिदा , संचयकोष ,महङ्गी भत्ता ,औषधि उपचार ,बिमा लगायतका बिषय पूर्ण कार्यान्वयन गर्नुको बिकल्प नभएको पौडेलले उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी ,श्रम कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल , सोही कार्यालयका इन्जिनियर बिबेक यादब लगायतले आफ्नो भनाइ राखेका थिए ।
श्रम कार्यालय पोखराका कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालको अध्यक्षतामा भएको अन्तर्क्रीया कार्यक्रममा कास्कीका श्रमिक आपूर्तिकर्ता कम्पनी र ब्यबसायीहरूको उपस्थिति रहेको थियो।