सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको निधन

केन्द्रभाग मिडिया

जनकपुर ।
जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको निधन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार बिहान सबेरै खेल्ने क्रममा बालक घर अगाडिको सडकको खाडलमा खसेका थिए । बालकलाई नदेखेपछि अभिभावकले खोजी गर्दा उनी खाडलमा मृत फेला परेका हुन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ भाद्र २०८०, शुक्रबार १३:१७ प्रकाशित