पोखरा ।
सामाजिक संजालमा अफवाह फैलाउने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला आधिखोला गाँउपालिका–५ का ३५ वर्षीय सूर्य रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ ।
रेग्मीले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठ’लाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रहार गरेको भन्दै अंग्रेजीमा सूर्य रेग्मी लेखिएको फेसबुकबाट भ्रम फैलाएको प्रहरीले जनाएको छ । उनले श्रेष्ठको फोटो समेत पोष्ट गदै उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको र थप समाचार आउन बाँकी भन्ने लेखेका थिए ।
उक्त पोष्ट विरुद्ध साइबर अपराध अन्र्तगत जाहेरी परेकाले प्रहरीले अनुसन्धान गर्दा रेग्मी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त प्रहरी नायब उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । निजलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध)अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाईएको विकले जानकारी दिए । छ ।














