नेम्वाङको निधनमा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ ।

नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो १२मा दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय गरिएको छ ।

  • २८ भाद्र २०८०, बिहीबार १६:११ प्रकाशित