पोखरा ।
स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय गण्डकी प्रदेश ,पोखराका कार्यालय प्रमुख कुमार थापाको बुधबार बिदाइ गरिएको छ।
जिल्ला समन्वय समिति कास्कीको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि थापाको बिदाइ गरिएको हो ।
कार्यक्रममा सह सचिब थापाले आफू जहाँ रहेपनी समृद्ध गण्डकीको निम्ति चिन्तन्शिल रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरे।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,श्रम कार्यालय पोखराका प्रमुख सुरेशराज ढकाल , भुमी आयोग कास्कीका सदस्य सोम बहादुर नेपाली ,जिससका शाखा अधिकृत झबिश्वर रेग्मी , श्रम कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल ,लेखा अधिकृत लक्ष्मण बस्नेत ,नायब सुब्बा सरस्वती गौतम , जिसस कास्की प्रमुखका स्वकीय सचिब रामजी प्रसाद लम्साल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
बिगत २७ महिनादेखी सो कार्यालय कार्यरत वरिष्ठ इन्जिनियर (सुपरिटेन्डेन्ट अफ इन्जिनियर्स) समेत रहेका थापाको पोखराबाट स्थानीय पूर्बाधार बिकास आयोजना बिभाग काठमाडौमा स्थानान्तरण भएको हो ।
जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।














