पार्टीमा आशन फेरिए पनि शासन फेरिएन : गगन थापा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आशन फेरीए पनि पार्टीमा शासन नफेरीएको बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगर कमिटिले पोखरामा आयोजना गरेको महानगर सम्मेलनको उद्याटन गदै थापाले यस्तो बताएका हुन् ।

शेरबहादुर देउवा हिजो फरक आशनमा हुनुन्थ्यो त्यो बेला उहाँको भाषण के हुन्थ्यो ? पार्टी भित्र चुनाव हारेकोले ठाउँपाउनुपर्छ भन्नुहुन्थ्यो  अहिले त्यो ठाउँम को हुनुन्छ शेखर कोइराला हुनुन्छ । हिजो शेखर कोइराला कहाँ हुनुन्थ्यो ? शुशिल कोइरालासंगसंगै साशन गर्ने आशनमा हुनुन्थ्यो । पार्टीमा आशन फेरीन्छ, भाषण फेरिन्छ तर शासन फेरीदैन, किन की शासन गर्ने तरिका मिल्यो वास्तवमा भागबण्डामा गरेर, उनले भने । यो कसैको दोष हैन फेरी यसलाई बदल्ने एउटै तरिका छ टिकट बाड्ने तरिका बदल्नुपर्छ । संसारका धेरैजसो डेमोक्रेटिक पार्टीको यही हो टिकट माथीका नेताले सिग्नेचर गरेर कसैले बाड्दैन तल्लो निकायले बाड्छ ।

गठबन्धनको भारले निर्वाचको सुन्दर पक्ष मरेको भन्दै थापाले निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको थापाले बताए । १६५ निर्वाचन क्षेत्र छन्, बरु १६५ निर्वाचन क्षेत्रको सट्टा २०५ २१० बनाउने भए बनाऔँ तर माथिल्लो सदन र तल्लो सदनमा प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राखौ । प्रत्यक्षा निर्वाचन प्रणाली भित्रै महिलाको सहभागिता, दलितको सहभागिता, सबै जाती, जनजातीको सहगिता अनिर्वाय रुपमा बनाउँ । त्यसको लागि समानुपातीक प्रणाली चाइदैन, उनले भने ।

समानुपातीक प्रणालीलाई पनि प्रत्यक्ष निर्वाचन मार्फत समेट्न सकिने उनको भनाई थियो । प्रदेशमा पनि त्यही गरौँ, अहिलेको भन्दा पनि समावेसी बनाउ २५ जनाको मन्त्रिमण्डल छ भने यती जना महिला हुनै पर्छ भनेर कानून लेख्ने, मन्त्रिपरिषद्मा महिला लैजाउ, मधेशी, दलित अनिर्वाय गरौँ । प्रदेशमा ४ ५ जना भन्दा ठुलो मन्त्रिमण्डल बनाउन नपाउने व्यवस्था गरौँ, थापाले भने ।

  • २७ भाद्र २०८०, बुधबार १८:२६ प्रकाशित