कर्माफ्लाइटस् फाउण्डेसनको अध्यक्षमा शर्मिला शर्मा

कर्माफ्लाइटस् फाउण्डेसनको अध्यक्षमा शर्मीला शर्मा

केन्द्रभाग मिडिया

पोखरा ।
शर्मिला शर्माको नेतृत्वमा कर्माफ्लाइटस् फाउन्डेसनको नयाँ नेतृत्व चयन भएको छ । । मंगलबार सम्पन्न फाउण्डेसनको नवौं साधरणसभा तथा पाँचौ अधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शिव थापा, सचिवमा कुल प्रसाद अधिकारी, सहसचिवमा सुरेश नेपाली, कोषाध्यक्षमा रेनुका कार्की चयन भएका छन् । यस्तै अधिवेशनले एकजना महिला सदस्य सहित ५ जना सदस्य पनि चयन गरेको छ ।

फाउण्डेसनले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गदै आएको छ । अधिवेशनको अवसरमा फाउण्डेसनले विपद्को समयमा उद्दार र खोज कार्यमा प्रयोग हुने ५ थान क्यामेरा सरोकारवाला निकायलाई वितरण गरेको थियो ।

  • २७ भाद्र २०८०, बुधबार १३:१८ प्रकाशित