काठमाडौँ ।
नाडा अटो शोको १५औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो अर्थमन्त्री डा। प्रकाशशरण महतले उद्घाटन गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले ३ वर्षपछि शो सुरू भएको बताए । गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा इभी एक्स्पो मात्रै गरिएको उनले बताए । थापाले आयातमा आधारित अटो व्यवसाय उत्पादनमा आधारित भइरहेको बताए । उनले दुईपांग्रेसँगै चारपांग्रे, इन्जिन आयल, ब्याट्री र पार्टस् उत्पादन भइरहेको पनि उद्घाटन सत्रको सम्बोधनका क्रममा भने ।
नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल हो । सह९प्रायोजकमा शिखर इन्स्योरेन्स छ । अटो शोलाई कोभिड पछिकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने थलोका रुपमा लिइएको छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक छन् । प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ ।