अलविदा

नेम्वाङको पार्थिव शरीर आज र भोलि पार्टी कार्यालयमा राखिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ ।

भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए । नेम्वाङको पार्थिव शरीर अहिले ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिएको छ । ‘आज र भोलि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिने छ। भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार हुन्छ,’ उनले भने।

नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।

यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेका थिए ।

  • २६ भाद्र २०८०, मंगलवार ०७:५३ प्रकाशित