सरकार तस्करको संरक्षण र कमिसनखोरीमा लिप्त छ : ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करको संरक्षणमा र कमिसनखोरीमा लिप्त रहेको आरोप लगाएका छन् ।

ओलीले सरकारलाई स्टन्डबाजी छाडेर सुशासनको पक्षमा काम गर्न सुझाव दिएका छन् । ओलीले तेजावपीडितहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकार नै तस्करीमा संलग्न भएको आरोप लगाए ।

उनले भने, ‘सरकारले स्टन्डबाजी गर्छ, सरकार तस्करीमा संलग्न हुन्छ र संरक्षण गर्छ । कमिसनखोरीमा डुब्छ जनताको समस्या हुन्छन् तर ती कुराहरू देख्दैन । स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्नुस् ।’

नेपाली नेपालीबीच जात, भाषा, धर्म, सम्प्रदायको नाममा र आस्थाको नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजेको बताए ।

  • २५ भाद्र २०८०, सोमबार १६:०३ प्रकाशित