जिल्ला समन्वय समिति कास्कीले ‘गुनासो सुनुवाइ डेस्क’ स्थापना गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ। कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लिलाधर पौडेलले बताए ।

कास्कीका बिकास आयोजनामा हुन सक्ने संभाबित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न छिट्टै सो डेस्क स्थापना गर्छौ । डेस्क मार्फत सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र बिकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित ,मौखिक र विद्युतीय रूपमा प्रदान गर्ने ब्यबस्था गरिने प्रमुख पौडेलले बताए ।

आर्थिक बर्ष २०७/९८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सुशासन बिना बिकास संभब नहुनेमा जोड दिए । बिकास बिना समृद्धि संभब नभएको हुँदा देश र जनताको समृद्धिका खातिर हर तवरबाट सबै पक्ष लाग्नुको विकल्प छैन, उनले भने ।

बिकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस। ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि काम गर्न राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गर्नुपर्ने पौडेलको भनाई थियो ।

उनले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गरे । सो अबसरमा  रूपाताल संरक्षण एकीकृत बिकास परियोजना ,खानेपानी तथा ढल निकास आयोजना पोखरा ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा ,संघीय आयोजना कार्यान्वयन इकाई ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय , सडक डिभिजन पोखरा ,पुष्पलाल मध्य पहाडी सडक आयोजना ,मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड,पूल सेक्टर पोखरा र संघीय पूर्बाधार बिकास कार्यालय लगायतले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेका थिए ।

जिसस कास्कीले आयोजना गरेको उक्त कार्यक्रम तीनदिनसम्म संचालन हुनेछ। प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए ।

  • २५ भाद्र २०८०, सोमबार १६:३३ प्रकाशित