अपडेट

लेखनाथ उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक, को –को चयन भए सदस्यमा ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ८ सय ८१ मत प्राप्त गर्दै २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गरेका हुन् । कुल १ हजार ७ सय ११ मत खसेको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी, द्धितीय उपाध्यक्षमा विक्रम कर्माचार्य, महासचिवमा जानुका अधिकारी पराजुली, उपमहासचिवमा भरतराज ओझा र कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई नियुक्त भएका छन् ।

महिला सदस्यतर्फ ८९७ मतसहित प्रतिक्षा रानाभाट, ८६१ मतसहित प्रभाकुमारी पौडेल लामिछाने, खुल्ला सदस्यतर्फ १ हजार १ सय २ मतसहित अर्जुन भण्डारी, ८१२ मतसहित भरत थापा, ८७६ मतसहित ई. विजय न्यौपाने, ९३९ मतसहित गंगा कुमारी मल्ल, ८२४ मतसहित हरि बस्ताकोटी, ८०८ मतसहित खेमराज बराल , ८१२ मतसहित लक्ष्मी प्रसाद ढुंगाना, ८०७ मतसहित टिकाराम सापकोटा चयन भएका छन् ।

  • २५ भाद्र २०८०, सोमबार १०:३२ प्रकाशित