लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ८ सय ८१ मत प्राप्त गर्दै २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गरेका हुन् । कुल १ हजार ७ सय ११ मत खसेको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी, द्धितीय उपाध्यक्षमा विक्रम कर्माचार्य, महासचिवमा जानुका अधिकारी पराजुली, उपमहासचिवमा भरतराज ओझा र कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई नियुक्त भएका छन् ।

सदस्यतर्फको अन्तिम परिणाम आउन बाँकी छ ।

  • २५ भाद्र २०८०, सोमबार १०:१० प्रकाशित