हेमजामा हाइसको ठम्करबाट पैदलयात्रीको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको हेम्जामा हाइसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बागलुङतर्फ जाँदै गरेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

काठमाडौंबाट बागलुङका लागि छुटेको बा ३ ख ९७२६ नम्बरको हाइसले पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौलीलाई ठक्कर दिएको हो ।सापकोटाचोकमा हाइसको ठम्करबाट गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

घटना हिजो भएको प्रहरीले बताएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसले ठक्कर दिएको हो ।

दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २४ भाद्र २०८०, आईतवार १४:४७ प्रकाशित