पोखरा ।
पर्यटक बोलाउन पोखराका पर्यटन व्यवसायी भारत जाने भएका छन् । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीको नेतृत्वमा व्यवसायी भारतको सिलगुडी जान लागेका हुन् ।
सबै मौसमका लागि पोखरा घुम्न उपयुक्त छ भन्ने सन्देश लिएर पर्यटक बोलाउन शनिबार सिलगुडी जान लागेको नाट्टा गष्ण्डकीका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।
सिलगुडीमा शनिबारदेखि सातौं बंगाल ट्राभल मार्ट आयाजना गरिएको छ, सोही मार्टमा पोखराको पर्यटन क्षेत्रको वारेमा प्रचार–प्रसार गरिने अधिकारीले बताए । यहाँका पर्यटकिय गन्तव्यको वारेमा जानकारी दिने छौँ, भने पोखरा घुम्न आउनका लागि पनि प्रेरित गर्नेछौँ, उनले भने । मार्टमा सहभागी हुन पोखराबाट १५ जनाको टोली सिलगुडी जाने छ ।
सिलगुडी पोखराबाट ६ सय ३० किलोमिटरको दुरीमा पर्छ । इस्टर्न हिमालयन ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनले नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन प्रवर्दन गर्ने उद्देश्यले सिलगुडीमा बंगाल ट्राभल मार्ट आयोजना गरेको हो ।
उक्त कार्यक्रमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको महानगरका प्रवक्ता मोलिलाल तिमिल्सिनाले बताए । भारतीय पर्यटकलाई पोखरा ल्याउन सके पोखराको पर्यटनले गति लिन सक्ने तिमिल्सिनाले धारणा राखे ।
पर्यटकिय सिजन सुरु भए पनि सोचे जस्तो पर्यटक आउने छाटकाट नदेखीएको व्यवसायी बताउछन् । कोरोना महामारीले सुस्ताएको पर्यटन बजार यो सिजन पछि पर्यटन क्षेत्र लयमा फर्कने आशा पोखरेली व्यवसायीकोअपेक्षा थियो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले मार्ट नेपालको वारे जानकारी गराउने उपयुक्त थलो हुने विश्वास व्यक्त गरे ।