सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको गलत नितिका कारण आन्तरीक व्यवसाय झन झन सिथिल हुँदै गएको वताएका छन ।

शुक्रबारबाट शुरु भएको लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण सरकारको नियामक निकायले ल्याएको नितिले वैदेशीक मुद्राको सञ्चीती, रेमिट्यान्समा वृद्धि र पर्यटनको क्षेत्रमा केही सुधार देखीए पनि आन्तरीक व्यवसाय झन झन खुम्चदैं गएको वताए । सरकारको मौद्रिक नितिको विषयमा टिप्पणी गर्दै उनले व्याजदरको प्रिमियम दर २ प्रतिशत भन्दा वढि हुन नहुने र यस विषयमा उद्योग वाणिज्य महासंघले पहल गर्ने वताएका थिए ।

श्रेष्ठले आन्तरीक व्यवसायमा देखा परेको अहिलेको अवस्थालाई समाधान गर्नतर्फ राज्य प्रशासनले पहल गर्नुको साटो दोषारोपणमा मात्रै उत्रिएको वताए । राजनिति गर्नेहरुले पदमा हुँदा एकथोक बोल्ने र पदमा नहुँदा अर्को थोक बोल्ने गरेको वताउँदै राजनितिकर्मीहरुको यहि प्रवृतीका कारण व्यवसायीहरु झनै पिडित भएको वताए । उनले संघको चुनावको वेला व्यवसायीहरु पनि राजनितिक पार्टीको शरणमा जाने गरेको अब यस्तो प्रवृतिलाई छोडेर व्यवसायी नै भनेर चुनाव लड्न आग्रह गरे ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका माग प्रति राज्य उदासिन रहेकाले यसलाई सुधार गर्नका लागि राज्य उत्तरदायी हुनु पर्नेमा जोड दिएका थिए । साथै उनले स्थानिय उत्पादनलाई प्रथामिकता दिदै पर्यटनको सम्भावना बोकेको लेखनाथ नगर क्षेत्रको विकासका लागी सह लगानीको अवधारणाले अगाडी वढ्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संघिय सांसद मन वहादुर गुरुङले उद्योगीहरुलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएकाले यसलाई राज्यको तर्फबाट संरक्षणका योजनाहरु ल्याउनु पर्ने सुझाव राख्दै राजनिती भन्दा माथी उठेर सहि नेतृत्व चयन गर्नका लागि पनि उनले आग्रह गरेका थिए । कार्यक्रममा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले विकासको नमुना हेर्न रुपामा आउन आग्रह गर्दै केही लगानी गर्न इच्छा भएका नयाँ ब्यवसायीलाई रुपामा पठाउनका लागि पनि अनुरोध समेत गरेका थिए ।

  • २२ भाद्र २०८०, शुक्रबार २०:०४ प्रकाशित