राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आइतबार बिहान ११ बजे बोलाएको राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

१८ गते बसेको बैठकमा विधायन समितिले पेस गरेको संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि सदस्यहरूले छलफल गरेका थिए ।

  • २२ भाद्र २०८०, शुक्रबार १६:४० प्रकाशित