जनकपुरधाम ।
रौतहटमा एक मन्दिरका पुजारी ९साधु०माथि सांघातिक आक्रमण भएको छ ।जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।
स्थानीयका उमेश साहका अनुसार बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।
आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार आक्रमणकारीको खोजी भइरहेको छ ।












