देशमा परिवर्तन र सुधारको श्रेय माओवादीलाई जान्छ : गृहमन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भएको परिवर्तन र सुधारको श्रेय माओवादीलाई जाने जिकिर गरेका छन् । व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताउँदै श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

ललितपुर महानगरपालिका २८ र २९ पार्टी वडा समितिले आयोजना गरेका भेलालाई सम्बोधन गर्दै अरु पार्टीभन्दा देशलाई सफल बनाउन माओवादीले भूमिका खेलेको दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टी अरुभन्दा राम्रो छ । परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो । प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै संघर्ष गरेको हो । देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौं ।’

  • २२ भाद्र २०८०, शुक्रबार १३:४७ प्रकाशित