साताको अन्तिम दिन आज पाउण्ड घट्यो, डलर कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ ।

आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३३ पैसा थियो ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा छ ।यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ २६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।

  • २२ भाद्र २०८०, शुक्रबार ०९:५१ प्रकाशित