लेउवा संघको १४ औं महाधिवेशन आज सुरु हुँदै, प्यानलसहित श्रेष्ठ र अधिकारी प्रतिस्पर्धामा

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा १४ औं महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागि ३६ जना उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन । संघको एसोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भएका छन् । उक्त पदमा शर्माको मात्रै उम्मेदवारी परेको हो ।

नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र कार्यसमिति सदस्य हुँदै महासचिवको भूमिका निर्वाह गरिसकेका भरत कुमार अधिकारी प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवै टिम व्यवसायीहरुको मत आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । संस्थापन पक्षको प्रतिनिधित्व गर्दै श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । अधिकारीले अर्को समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

श्रेष्ठले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समेटेर टिम बनाएका छन् भने अधिकारीले नेपाली कांग्रेस निकटलाई समेटेर अर्को टिम बनाएका छन् । प्रतिस्पर्धामा रहेका श्रेष्ठ र अधिकारीबीचको यो पहिलो प्रतिस्पर्धा भने होइन । अघिल्लो महाधिवेशनमा दुवै जना वरिष्ठ उपाध्यक्ष पदका लागि भिडेका थिए ।

वरिष्ठ उपाध्यक्षमा ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझाले प्रतिस्पर्धा गर्दैछन् । ओझा विनोद श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन् भने जमरकट्टेल अधिकारी प्यानलबाट उम्मेदवार बनेका हुन् । संघको प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को उम्मेदवारी छ । संघको दृतिय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठले उम्मेद्वारी दिएका छन ।

महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी प्रतिस्पर्धामा छन् । उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला), कोषाध्यक्षमा धु्रवबाबु भट्टराई (आइडी) र पुष्पमणि भट्टराई प्रतिस्पर्धामा छन् । संघको २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले प्रतिस्पर्धा गर्दैछन् । एसोसिएट सदस्यतर्फ प्रेमप्रसाद शर्माको मात्र मनोनयन परेकाले उनी निर्विरोध भएका छन् ।

संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन् । ८ खुला सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने, बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भुर्ते ल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा कुल १ हजार ८ सय ६६ मतदाता छन् ।

अधिवेशन अन्तर्गत आज पहिलो दिन उद्घाटन समारोह एवं बन्दसत्र हुने र भोलि (शनिबार) निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ । मतदान शनिबार संघको कार्यालय परिसर भण्डारढिकमा हुने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिएका छन् ।

  • २२ भाद्र २०८०, शुक्रबार ०७:४८ प्रकाशित