अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिदैँ उनले, नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे ।

प्रेम सुवाल शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले लगानी कर्ता जुन सुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे । पछिल्लो समय विस्तारै अर्थतन्त्रमा सुधार हुदै गएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए ।

‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् । टुरिष्ट एराईभलको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ । ’ उनले भने ‘ हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ । ’

  • २१ भाद्र २०८०, बिहीबार १६:५१ प्रकाशित