कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले आक्रमण भएको हो।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेको जनाइएको छ ।

सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ ।

  • २० भाद्र २०८०, बुधबार १४:४४ प्रकाशित