पोखरा ।
पर्वतका तीन युवक २४० एम्पुल ड्रग्सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेका २४ वर्षीय सविन वि.क सोही ठाउँ राम्जाका २४ बर्षीय सोबित जि.सी. र चित्रे घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ शान्तिपाटन बस्ने २९ वर्षीय दिवश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुलाई भदौ १८ गते अस्ति सोमबार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । पक्राउ परेका दिवशको साथबाट र डेराकोठाबाट लागू औषध बुप्रिनर्फिन ८० एम्पुल, फेनेरागन ७९ एम्पुल, डाईजेपाम ८१ एम्पुल गरी जम्मा २४० एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि कास्की जिल्ला अदालतबाट पन्ध्र दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।














