महंगी न्यूनीकरणमा सरकार गम्भीर भएन : सांसद बिद्या भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौ ।
कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले महँङ्गि र आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताएकी छन्।

महङ्गिले नेपाली समाज ग्रसित छ ।दैनिक उपभोग्य बस्तुको अस्वभाविक मुल्य वृद्धिले जनता छट्पटाएको अबस्थामा तिनै तहका सरकार मुल्यवृद्धि नियन्त्रण र नियमनमा मुकदर्षक बनेको उनको आरोप थियो।

भट्टराईले सो कुरा मंगलबारको प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै बताएकी हुन्।

नेपालमा पछिल्लो समय खाध्यान्नमा भएको अत्याधिक मुल्यबृद्दी, समग्र महङ्गी, लैङ्गिक हिंसा र कोभिड १९ पछि आत्महत्याका घटनाहरुमा अस्वभाविक वृद्धि भएकोले यस्ता संवेदनशिल बिषयमा नेपाल सरकार अत्यन्तै गम्भीर हुन जरुरी रहेकोले सम्मानित संसद मार्फत सरकार र सरकारका निकायहरुको ध्यानाकर्षण गराउछु, उनले भनिन् ।

भट्टराईले महँङ्गिकै कारण नेपालमा महिला र घरेलु हिम्सा बढेको बताइन्। उनले २०७८ ७९ को तथ्यांकअनुसार बलात्कार बिरुद्धका उजुरी मात्रै २५३२ रहेकोमा २०८० को जेठ र असारमा मात्रै समग्र तथ्यांकको ५२५ घरेलु हिंसाका घटना तथ्यांकले देखाएको उल्लेख गरिन्।

उक्त अबधिमा ७४ वटा बलात्कारका घटना भएको ,१० वटा बलात्कारको प्रयास भएको,३६ वटा सामाजिक हिंसा ,१९ वटा हत्या र ३ वटा हत्याको प्रयासका घटना भएको जानकारी दिइन् ।

यति धेरै हिंसा र हत्याका घटना बढी रहदा समेत भएका नियम कानुनहरूको प्रभाबकारी कार्यान्वयनमा सरकार असफल भएको भट्टराईले उल्लेख गरिन् ।
लैङ्गगिक र घरेलुु हिंसाका कारण आत्महत्याका घटना बढेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै भट्टराईले अघिल्लो संसदको महिला तथा सामाजिक समितीले हिंसाजन्य घटना न्यूनीकरणका लागी बिद्यालय तहको पठन पाठनमा अध्ययन अध्यापनको बिषय समाबेश गर्न दिएको निर्देशनको स्मरण गराइन।
आत्महत्या न्यूनीकरणका लागि बिद्यालय तहदेखि नै मानसिक स्वास्थको बिषय समाबेश गर्न उक्त समितिले निर्देशन दिए पनि सो कार्यान्वयनमा सरकारले चासो नदेखाएको उल्लेख गरिन।

हिंसा पीडितहरूका लागि सुरक्षित पुनर्स्थापना केन्द्र स्थापना गर्न र स्थानिय तहदेखी नै मनोसामाजिक बिमर्शकर्ताहरूको ब्यबस्था गर्न सरकारलाई संसद मार्फत ध्यानाकर्षण गराउछु।

  • १९ भाद्र २०८०, मंगलवार २०:३१ प्रकाशित