पोखरा।
नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् ।
संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको हो । खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ ।
यसअघि भलिबल खेलाडीलाई मासिक तलबदिने व्यवस्था थिएन । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरे पनि भलिबल खेलको विकासमा भने प्रयाप्त ध्यान दिन सकेको छैन ।