संक्रमक तथा सरुवा रोग अस्पतालले सर्पदंशको उपचारको लागि अनुमती पायो

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारद्वारा संचालीत संक्रामक तथा सरुवा रोग अस्पताल पोखराले सर्पदंश उपचार केन्द्रको अनुमति प्राप्त गरेको छ । अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले माग गरे अनुसार नै सर्पदंशको उपचारका लागि संघीय सरकारबाट अनुमती प्राप्त भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उक्त अनुमति दिएको गौचनले बताए । महाशाखाको गएको साउन २९ गतेको निर्णयानुसार सर्पदंश उपचार केन्द्र संचालनका लागि अनुमती प्रदान गरिएको हो ।
अस्पतालका निर्देशक गौचनले सर्पदंशको उपचारलाई थप सहज बनाउदै लैजाने जनाएका छन् । खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् ।

  • १९ भाद्र २०८०, मंगलवार १६:५१ प्रकाशित