अपडेट

एमाले लुम्बिनी प्रदेश अधिवेशन : अहिलेसम्म सात सय मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान भइरहेको हो ।

बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए ।

मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुनेछ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

  • १९ भाद्र २०८०, मंगलवार १४:१० प्रकाशित